विराटनगरः प्रहरीले आज दिउँसो सवा १ बजे मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ बरगाछीबाट को २ ह ५७८३ नम्बरको ओटो टेम्पोमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार अटोमा लोड भएको ४ लाख ३२ हजार रुपैयाँ बराबरको कुर्तासुरुवाल बरामद भएको हो ।
विराटनगर महानगरपालिका वडा नं.९ रोडशेषमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी ७९ हजार ५ सय रुपैयाँबराबरको बेवारिसे अवस्थामा फेला परेको सारी पनि रीतपूर्वक बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएको लत्ताकपडा र अटोसहित २ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, रानी पठाइएको छ ।





