Thursday, March 19, 2026
Homeसमाचारलोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालको कोशी प्रदेश समिति गठन

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालको कोशी प्रदेश समिति गठन

विराटचोकः बुधबार विराटनगरमा भएको भेलाले लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल कोशी प्रदेश समिति गठन गरिएको छ ।

भेलाले कमला कँडेलको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा झापाका ओमप्रकाश गौतम, महिला उपाध्यक्षमा सुनसरीकी कोशिला चौधरी, महासचिवमा मोरङकी पार्वती गच्छदार र कोषाध्यक्षमा इलामका रमेशचन्द्र सुवेदी चयन हुनुभएको छ ।

सदस्यहरूमा जिल्ला समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ । सोहीअनुसार मोरङ अध्यक्षमा दिलीपकुमार काफ्ले सदस्य हुनुहुन्छ ।

भेलाले सदस्यता नवीकरणका लागि सदस्य संस्थाहरूलाई आह्वान गर्ने, जिल्ला समितिहरू गठन तथा पुनर्गठन गर्ने र पालिकास्तरीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

भेलामा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज मदनराज कटुवाल र केन्द्रीय सदस्य केशरकुमार बस्नेतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments