Thursday, March 19, 2026
Homeशिक्षा र स्वास्थ्यज्ञानज्योति इङ्लिस स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विविध कार्यक्रम

ज्ञानज्योति इङ्लिस स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विविध कार्यक्रम

विराटचोकः ज्ञानज्योति इङ्लिस स्कुल सुन्दरहरैंचा–७ को २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।

सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न कार्यक्रम प्रस्तुत गरिएका थिए । विद्यार्थीले नृत्य, गायन, नाटक तथा वक्तृता प्रस्तुत गरेका थिए । अभिभावकले पनि कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षासेवी लक्ष्मी खरेल र टोमबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । लामो समय पञ्चायत मावि सुन्दरहरैंचामा अध्यापन गरी सेवा निवृत्त हुनुभएका उहाँहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयले सुन्दरहरैंचाका पाँच जना सञ्चारकर्मीलाई पनि सम्मान गरेको थियो । सम्मानित सञ्चारकर्मीलाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गरिएको थियो । शिखरबास खबरका खेमचन्द्र अधिकारी, निष्पक्ष खबरका ज्ञाननाथ ढकाल, नेपाल गौरवका मणिराम दाहाल, जनचर्चा टाइम्सका लीलानाथ गच्छदार र सुन्दरहरैंचा अपडेटका शिवप्रसाद भट्टराई भोजपुरेलाई विद्यालयले सम्मान गरेको थियो ।

विद्यालयका सहायक प्रिन्सिपल जयन्द्र भट्टराई, उत्कृष्ट शिक्षक लता सञ्जेल, उत्कृष्ट कर्मचारी तथा विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिलाई पनि विद्यालयले सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि चौधरीले शिक्षाको गुणस्तर सुधारमा विद्यालयको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रमलाई पूर्व प्रशासक प्रेमप्रकाश उप्रेती, शिक्षाविद् उमेश उप्रेती, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा कलाकार दिलिप लिम्बूको साङ्गीतिक प्रस्तुति पनि रहेको थियो ।

विद्यालयका प्रिन्सिपल देवी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक चुडामणि गौतमले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments