Thursday, March 19, 2026
Homeअर्थसवारीसुन्दरहरैंचाको बाँसबारीमा भएको दुर्घटनामा एक किशोरको मृत्यु, एक घाइते

सुन्दरहरैंचाको बाँसबारीमा भएको दुर्घटनामा एक किशोरको मृत्यु, एक घाइते

विराटचोकः आज बिहान सुन्दरहरैंचा–५ बाँसबारीमा टिपर र स्कुटर ठोक्किँदा स्कुटरमा पछाडि सवार किशोरको ज्यान गएको छ । स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान साढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ आउँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार रहेका काफ्लेलाई उपचारका लागि विराट शिक्षण अस्पताल बढीगंगा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षणमै उपचार भइरहेको छ ।

बालुवा लोड गरिएको टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments