काठमाडौंः हालै भएको प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन् । नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन् ।
पुरस्कृत हुनेमा नेपाल प्रहरीका केन्द्रीय निर्वाचन सेल प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की छन् ।
त्यस्तै, डिआइजीहरूमा अरूण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दिपेन्द्र जिसी, दीपक रेग्मी, ओमबहादुर राना र भुपेन्द्र खत्री छन् ।
एसएसपी मुकुन्द मरासिनी, कृष्णबहादुर पल्ली मगर, जनार्दन जिसी, सन्तोषकुमार भट्टराई, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी र सुवासचन्द्र बोहरा छन् । ज्ञवाली र बोहरा केन्द्रीय निर्वाचन सेलमा बसेर सुरक्षा चुनौतीको विश्लेषणमा खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाकी बसुन्धरा खड्कासहित १९ जना एसपी पनि पुरस्कृत भएका छन् ।





