विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज प्रमाणपत्र प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बीच समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट जितेका थिए ।





