Thursday, March 19, 2026
Homeफिचरनिर्वाचनमा पराजित भएका कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

निर्वाचनमा पराजित भएका कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौंः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।

थापाले हिजो बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएको बताइएको छ । सर्लाही–४ बाट उम्मेद्वार बनेका थापालाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिइरहेका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments