Thursday, March 19, 2026
Homeअर्थविनिमय४२ पैसा बढ्यो अमेरिकी डलरको भाउ, युरो बढ्यो ७६ पैसा

४२ पैसा बढ्यो अमेरिकी डलरको भाउ, युरो बढ्यो ७६ पैसा

विराटचोकः आज अमेरिकी डलरको भाउ ४२ पैसा बढेको छ । युरोको भाउ ७६ पैसा बढेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ै रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा कायम भएको छ ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर १० रुपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७७ पैसा रहेको छ ।

स्थिर विनिमयदर रहेको भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments