विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाले आज बिहीबार निर्वाचन आयोगबाट विजयी भएको प्रमाणपत्र पाउने भएका छन् ।
आयोगले आज समानुपातिकतर्फका ११० जना सांसदलाई प्रमाणपत्र दिने भएको हो ।
निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि चैत १२ गते शपथ ग्रहण गराउने भएको छ ।
शपथ ग्रहणपछि नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुनेछ ।





