विराटचोकः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २२५ रुपैयाँ घटेको थियो ।





