Saturday, March 14, 2026
Homeअर्थसवारीसफारीलाई मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियान

सफारीलाई मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियान

विराटनगरः विराटनगरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभियान अन्तर्गत तेस्रो चरणको पोसाक (ज्याकेट) वितरण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच २२८ जना सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको हो ।

अभियानमा दर्ता भएका चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग र सुरक्षित चालक अभियानको महत्त्वबारे प्रशिक्षण समेत दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले सिटी सफारीलाई व्यवस्थित बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका क्षेत्रमा हाल करिब १५ हजार सिटी सफारी सञ्चालनमा रहेका छन् । जसमध्ये हालसम्म झण्डै १ हजार चालकहरू ‘सुरक्षित चालक’ अभियानमा जोडिइसकेको बताइएको छ । अभियानमा आबद्ध भएका चालकहरूको विस्तृत विवरण ट्राफिक प्रहरीले राख्ने गरेको छ, जसका कारण कुनै अप्रिय घटना वा समस्या भएमा पहिचान गर्न सहज हुने प्रहरीको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments