Saturday, March 14, 2026
Homeसमाचारमनकामना दर्शन गरेर फर्कंदै गरेको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु, ८ जना...

मनकामना दर्शन गरेर फर्कंदै गरेको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौंः गोरखामा तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घनामा परेको हो ।

गोरखाको शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घटनास्थलमा ६ जनाको मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । अन्य ८ जनाको उद्धार गरिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments