विराटचोकः बुङ्गल हाइड्रोको लक इन भोलि समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सेयरको लक इन अवधि चैत १ गते समाप्त हुन लागेको हो ।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जुन आईपीओ गत असोज २ गते बाँडफाँड भएको थियो ।
सर्वसाधारणलाई बाँडफाँड भएको मितिले सामुहिक लगानी कोषलाई छुट्टाइएको शेयर ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।





