Sunday, March 15, 2026
Homeअर्थ० दशमलव ०७ प्रतिशत घट्यो चैत महिनाका लागि वाणिज्य बैंकको ब्याजदर

० दशमलव ०७ प्रतिशत घट्यो चैत महिनाका लागि वाणिज्य बैंकको ब्याजदर

विराटचोकः वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि ब्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार बैंकहरूको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा ० दशमलव ०७ प्रतिशत घटेको छ ।

फागुन महिनामा ४.५६ प्रतिशतबिन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ४.४९ प्रतिशतबिन्दुमा झरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो । १४ वाणिज्य बैंकहरुले भने फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

बैंकहरूले संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ० दशमलव ०३ प्रतिशतविन्दुले घटाएका छन् ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ६ प्रतिशतबिन्दुले घटाएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments