इटहरीः आजदेखि इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला शुरु हुने भएको छ । जगदम्बा मोटर्सको आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्समा चैत १ गतेदेखि चैत ६ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ ।
मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने बताइएको छ । जुनसुकै ब्रान्डका पुराना मोटरसाइकललाई अनुभवी मूल्याङ्कनकर्तामार्फत उच्च मूल्याङ्कन गरी साटफेरको सुविधा पनि प्रदान गरिने बताइएको छ ।
ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस का मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने बताइएको छ ।
पारस अटोमोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण मेलामा ग्राहकको आकर्षण बढ्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा हाल टिभिएसका २३ भन्दा बढी मोडेल उपलब्ध छन् ।





