Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिदेशभरका आर्य धिमालहरु पैतृक थलोमा भेला, गरे सामुहिक तीर्थश्राद्ध

देशभरका आर्य धिमालहरु पैतृक थलोमा भेला, गरे सामुहिक तीर्थश्राद्ध

झाँगाझोली, सुनकोशी (सिन्धुली)ः देशभरका आर्य धिमालहरु आफ्नो पैतृक तथा उद्गम थलो सिन्धुलीको झाँगाझोलीमा भेला भएर सामुहिक तीर्थश्राद्ध गरेका छन् । आफ्नो थरकाे उद्गमस्थलमा धिमाल बन्धु वर्षमा एक पटक पुग्नैपर्ने प्रचलन शुरु होस् भनेर पौष कृष्ण औंंसीका दिन सामुहिक तीर्थश्राद्ध गरिएको आर्य धिमाल बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष हरिप्रसाद धिमालले जानकारी दिए ।

‘धिमाल थर भएका  आर्य  न्यून सङ्ख्यामा रहेका हुनाले देशभरका बन्धुसँग भेटघाट पनि हुन सकेको छैन’, अध्यक्ष धिमालले भने, ‘पैतृक थलोको दर्शन गर्ने र हरेक वर्ष पौषे औंसीको दिन पितृहरुलाई स्मरण गर्ने क्रममा सामुहिक तीर्थश्राद्ध गर्ने क्रमको शुरुवात होस् भनेर नयाँ अभियान थालिएको हो ।’

कालान्तरमा यही चलन संस्कारको रुपमा विकसित हुँदै जाने र सो स्थानको धार्मिक पर्यटनमा पनि टेवा पुग्ने अध्यक्ष धिमालले बताए । उनका अनुसार यस पटक झापा, मोरङ, सुनसरी, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, मकवानपुर, सर्लाही, काठमाडौं, भक्तपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकलगायतका २० जिल्लाका धिमाल बन्धुहरुले सामुहिक तीर्थश्राद्ध गरेका छन् ।

धीमली खोला, धमिली खोला वा धिमाल खोला भनिने सुनकोशी गाउँपालिकामा रहेको बस्ती र घाट धिमालहरुको बिर्ताको रुपमा रहेको पत्ता लागेको उनले बताए । सो क्षेत्रमा रहेको धिमाल पाटी, धिमाल चौतारी र धिमाल पोखरीको संरक्षण गर्न आवश्यक रहेको उनले औँल्याए । धिमाल पाटीको भग्नावशेष पनि देख्न नसकिएको तर ऐतिहासिक धिमाल पोखरी र धिमाल चौतारी जीर्ण अवस्थामा रहेको हुनाले प्रतिष्ठानले ती ऐतिहासिक धरोहरको संरक्षणमा ध्यान दिने उनले बताए ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा पर्ने झाँगाझोलीमा रहेको धीमली खोला आर्य  धिमालको उद्गमस्थल मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments