विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा विश्वविद्यालय अनुदान आयोग नेपालको विज्ञ टोलीले दोस्रो चरणको क्युएएका लागि अनुगमन तथा भ्रमण गरेको छ ।
टोलीले क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदन समिति‚ क्याम्पस प्रशासन‚ विभागीय प्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्व विद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरू सँग बसेर छलफल‚ अन्तरक्रिया‚ प्रश्नोत्तर गरिएको टोलीले जनाएको छ ।
टोलीले क्याम्पसका नीति‚ नियम‚ निर्देशिका‚ कार्यक्रम‚ अभिलेख‚ अनुसन्धान क्रियाकलाप‚ पठनपाठन‚ कार्यालय सञ्चालन‚ भौतिक पक्षको अनुगमन र मूल्याङ्कन गरेको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँको संयोजकत्वमा प्रा.डा. सुशीलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगको क्युएए डिभिजन डेपुटि डाइरेक्टर भगवती पौडेल सहितको विज्ञहरू रहेको टोलीले अनुगमन गरेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले बताए ।