पथरीः सुन्दरहरैंचा–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईँ र झापाको दमक नगरपालिका वडा नम्बर ५ बस्ने ३७ वर्षीय सुमन पौडेल कानेपोखरीबाट पक्राउ परेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सँग आबद्ध उनीहरु निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकमा चुनाव बिथोल्ने गतिविधि गर्दै हिँडेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल फोन ५ थान, पार्टीको झण्डा १ थान र निर्वाचनविरोधी १०७ थान पर्चा तथा पम्पलेट बरामद गरेको बताइएको छ ।







