Tuesday, March 3, 2026
Homeसमाचारदेशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौंः निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा यही फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।

मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको छ । यस पटक पनि यस प्रयोजनका लागि उनीहरुलाई नै जिम्मेवारी दिइएको थियो ।

आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रका माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण तालिमसमेत दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments