उर्लाबारीः नेपाली कांग्रेसको तर्फबाट मोरङ–१ मा उम्मेद्वार बन्नुभएका खड्ग फागोको आज भएको चुनावी र्याली उत्साह, व्यापक जनसहभागिता सहित सम्पन्न भएको छ ।
क्षेत्र नम्बर १ को पश्चिमी सिमाना केराबारीको चोक्टीबाट सुरु भएको र्याली केराबारी बजार हुँदै लेटाङ बजार, मिक्लाजुङको टाँडी, मधुमल्ला बजार पार गर्दै उर्लाबारीमा आयोजित कोणसभामा पुगेर टुङ्गिएको थियो । उर्लाबारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै फागोले मोरङ–१ को विकास यात्रालाई गति दिन आफू स्पष्ट योजना र दृढ अठोटसहित अघि बढेको बताउनुभयो ।
कोणसभामा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, क्षेत्रीय सभापति शङ्कर राई, महासमिति सदस्य शोभा चेम्जोङ पालुङ्वा तथा महाधिवेशन प्रतिनिधि विजय कार्की लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।







