विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ । डिजेलमा २ रुपैयाँ ४७ पैसा, एलपी ग्यासमा १८ रुपैयाँ ५८ पैसा र हवाइ इन्धनमा ५ रुपैयाँ ९८ पैसा मूल्य बढेर आएको छ ।
हाल पेट्रोलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।
त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ । त्यस्तै एलपी ग्यास प्रतिशिलिन्डर १९१० तोकिएको छ ।







