काठमाडौंः इजरायली आक्रमणमा परी इरानको होर्मोजगान प्रान्तको विद्यालयका ४० जना विद्यार्थी मरेका छन् ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको सङ्ख्या ४० जना पुगेको हो ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको सङ्ख्या ४० पुगेको पुष्टि गरेको छ ।
प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो ।
इरानको राजधानी तेहरान तथा देशका विभिन्न शहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिएको बताइएको छ ।







