उर्लाबारीः २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार रहेका सो पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
उहाँ ०७९ को आम चुनावमा मोरङ २ बाट उम्मेद्वार हुँदै उल्लेख्य मतका साथ तेस्रो हुनुभएको थियो । मोरङको रतुवामाई– ९ भौडाहा निवासी न्यौपानेले रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा पार्टीको सङ्गठन बिस्तारको काम गर्नुभएको थियो ।







