Saturday, February 28, 2026
Homeराजनीतिसुनवर्षीमा कांग्रेस छाडेर एमालेमा प्रवेश गरे मुस्लिम मतदाता

सुनवर्षीमा कांग्रेस छाडेर एमालेमा प्रवेश गरे मुस्लिम मतदाता

उर्लाबारीः मोरङको सुनवर्षी नगरपालिका–८, हरिचन्द्रगढीस्थित रहमान टोलको सिङ्गो मुस्लिम बस्ती नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको छ ।

बिहीबार साँझ नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले आयोजना गरेको निर्वाचनलक्षित भेलाका क्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार दिलिप बगडियाले पार्टीमा स्वागत गरेका थिए ।

बगडियाले स्वागतका क्रममा उनीहरूलाई आगामी निर्वाचनमा एमालेको पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले एमाले सरकार र नेतृत्वले विकास, सुशासन र समावेशीताका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै सबै समुदायलाई सम्मान र अवसर दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य रुपनारायण मिश्र, मोरङ सचिवालय सदस्य शंकर थापा तथा जिल्ला सदस्य एवं नेपाल मुस्लिम इत्तेहाद संगठनका नेता अजिम आलमलगायतको उपस्थिति रहेको थियो।

मुस्लिम सङ्गठनका नेता आलमले मुस्लिम समुदायको सामूहिक प्रवेशले मोरङमा एमालेको सङ्गठन अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

सो क्षेत्रका पुराना कांग्रेस कार्यकर्ता उल्ला उदिन, मोहमद लोकमान, जबारुन मिया लगायतको नेतृत्वमा सिंगो गाउँ एमाले प्रवेश गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments