Saturday, February 28, 2026
Homeराजनीतिमतदाताको समस्या सुन्दै विकासको प्रतिबद्धता जनाउँदै कांग्रेसका खड्ग फागो

मतदाताको समस्या सुन्दै विकासको प्रतिबद्धता जनाउँदै कांग्रेसका खड्ग फागो

पथरीः आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खड्ग फागोले चुनावी अभियानलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस का तर्फबाट मोरङ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका फागो पछिल्लो समय गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय देखिएका छन् ।

चुनावी प्रचारलाई औपचारिक कार्यक्रममै सीमित नराखी मतदाताको घर आँगनसम्म पुग्ने रणनीति अपनाएका फागोले जनताको दैनिक जीवनसँग जोडिएका समस्या प्रत्यक्ष रूपमा सुन्ने अभियान सञ्चालन गरिरहेका छन् । घरदैलो कार्यक्रममार्फत् उनले स्थानीय नागरिकसँग संवाद गर्दै उनीहरूको अपेक्षा, गुनासा र विकाससम्बन्धी सुझाव संकलन गरिरहेका छन् ।

घरदैलो अभियानकै क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, स्वच्छ खानेपानी, रोजगारी सिर्जना तथा कृषि विकासलाई मुख्य प्राथमिकताका रूपमा उठाएका छन् । ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको, सडक पूर्वाधार अपुग हुँदा दैनिक जीवनमा कठिनाइ भइरहेको तथा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहेको विषय नागरिकहरूले खुलस्त रूपमा राखेका थिए ।

मतदाताका कुरा ध्यानपूर्वक सुन्दै उम्मेद्वार फागोले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विकासलाई नारामा सीमित नराखी व्यावहारिक रूपमा कार्यान्वयन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

उनका अनुसार क्षेत्रको समग्र विकासका लागि नीतिगत पहल, उपलब्ध स्रोतको पारदर्शी र उचित व्यवस्थापन तथा योजनाहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फागोलाई युवा, ऊर्जाशील र विकासप्रेमी नेताका रूपमा चित्रण गरेका छन् ।

लामो समयदेखि समाधान हुन नसकेका स्थानीय समस्या समाधान गर्न नयाँ सोच र सक्रिय नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा थियो । क्षेत्रका समस्या नजिकबाट बुझेको नेतृत्व आए सकारात्मक परिवर्तन सम्भव हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

स्थानीय कृषकहरूले कृषि उत्पादनको बजारीकरण, सिंचाइ सुविधा विस्तार तथा आधुनिक कृषि प्रविधिको आवश्यकता औँल्याएका थिए । त्यस्तै, महिला समूहहरूले स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम तथा स्वास्थ्य सेवाको सहज पहुँच विस्तार गर्न माग गरेका छन् । युवाहरूले खेलकुद पूर्वाधार, रोजगार अवसर तथा प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने सुझाव दिएका छन् ।

फागोले कृषि, पर्यटन, साना उद्योग र उद्यमशीलतालाई जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने योजना अघि सार्दै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments