विराटचोकः आज बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रबिन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।
दुई दिन अघि नेपाल भारत सिमानानजिक भारतको सिक्किममा पनि सानो भूकम्प गएको थियो ।







