Saturday, February 28, 2026
Homeराजनीतिविनोद चौधरीको चुनावी प्रतिज्ञा–पत्र सार्वजनिक

विनोद चौधरीको चुनावी प्रतिज्ञा–पत्र सार्वजनिक

परासीः फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो निर्वाचन लक्षित ‘प्रतिज्ञा–पत्र’ सार्वजनिक गरेका छन् ।

चौधरीले आफ्नो क्षेत्रको विकास र राष्ट्रिय समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेका हुन् । जसमा उनले नवलपरासीलाई ‘आर्थिक केन्द्र’ बनाउने सोच प्रस्तुत गरेका छन् । अर्बपति व्यवसायीसमेत रहेका चौधरीले आफ्नो क्षेत्रमा उद्यमशीलता र स्वरोजगारलाई मुख्य प्राथमिकता दिएका छन् । उनले क्षेत्रभित्र औद्योगिक ग्रामहरू स्थापना गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन गर्ने, युवाहरूलाई बिना धितो ‘स्टार्ट–अप’ कर्जा उपलब्ध गराउने र विदेशबाट फर्किएकाहरूको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउने वाचा गरेका छन् ।

नवलपरासीको मुख्य समस्याका रूपमा रहेको भूमिहीन र सुकुम्बासी समस्यालाई उनले उच्च प्राथमिकतामा राखेका छन् । उनले भूमिहीन सुकुम्वासी र दलितहरूलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गरी लालपुर्जा उपलब्ध गराउने प्रतिज्ञा गरेका छन् ।

‘एक विद्यालय, एक ल्यापटप’ र ‘डिजिटल कक्षा’को अवधारणा ल्याएका उनले सो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने र बर्दघाटमा ‘स्पोट्र्स एकेडेमी’ स्थापना गर्ने योजना ल्याएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments