Thursday, February 26, 2026
HomeUncategorizedमतदाता भेटघाटमा पुगेका घनश्यामलाई, जाँतेवासीले दिए धन्यवाद

मतदाता भेटघाटमा पुगेका घनश्यामलाई, जाँतेवासीले दिए धन्यवाद

जाँतेः नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले लेटाङ– ९ जाँतेका मतदातासँग भेटघाट गर्नुभएको छ । उहाँले विभिन्न विवाह तथा पुराण जस्ता शुभकार्य, दुःखका कर्म तथा बिरामी भएका मतदाताहरुलाई पनि भेट गर्नुभएको थियो ।

भेटघाटका क्रममा जाँतेवासीले उम्मेद्वार खतिवडालाई जाँतेको मुहार फेर्ने काम गरेको भन्दै धन्यवाद दिएका थिए । उनीहरुले मदन भण्डारी राजमार्ग फराकिलो र कालोपत्रे सडक बनाएको, तेली र मोरङ्गे खोलामा पुल निर्माणको काम गरेको, जाँते पथरी सडक कालोपत्रे बनाउन पहल गरेको, श्री माविमा नयाँ भवन बनाएको, कभर्ड हल बनाएको, यस क्षेत्रको समस्या बारे संसदमा पटक पटक बोलेको भन्दै धन्यवाद दिएका थिए ।

बाँकी रहेका थप विकासका काम पूरा गर्न जनप्रिय खतिवडालाई यस पटक पनि जिताउने जाँतेवासीले प्रतिबद्धता गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments