Thursday, February 26, 2026
Homeश्रम र रोजगारलेटाङमा बाँसका फर्निचर बनाउने एड्भान्स तालिम सम्पन्न

लेटाङमा बाँसका फर्निचर बनाउने एड्भान्स तालिम सम्पन्न

लेटाङः लेटाङ नगरपालिकाको आयोजना तथा आदिवासी जनजाति नगर समन्वय परिषद् लेटाङको समन्वयमा सञ्चालित बाँसका फर्निचर बनाउने ४५ दिने एड्भान्स तालिम सकिएको छ ।

आदिवासी जनजाति लक्षित कार्यक्रम अन्तर्गत सो समुदायका ८ जना युवायुवतीका लागि ४५ दिने तालिम सञ्चालन गरिएको थियो ।

गत वर्ष नगरपालिकाले नै सञ्चालन गरेको बाँसका सामग्री बनाउने ४५ दिने आधारभूत तालिममा सहभागी भएकाहरूलाई थप दक्ष बनाउने उद्देश्यका साथ ४५ दिनको एड्भान्स तालिम प्रदान गरिएको नगरपालिकाको उद्यम विकास शाखा प्रमुख सुषमा कोइरालाले जानकारी दिनुभयो ।

तालिमका प्रशिक्षक विष्णु मगरका अनुसार सहभागीहरूलाई बाँसको आराम चियर सेट, बाँसको घर (डेकोरेटिभ संरचना) तथा बाँसको टेबल सेट निर्माण गर्ने उन्नत सीप प्रदान गरिएको छ ।

लेटाङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा आदिवासी जनजाति नगर समन्वय परिषद् लेटाङका अध्यक्ष बुद्धि चाम्लिङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा तालिमको समापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, उद्यम विकास शाखा प्रमुख सुषमा कोइराला, कार्यक्रमका सभाध्यक्ष चाम्लिङलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments