Thursday, February 26, 2026
Homeराजनीतिनिर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद...

निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद हुने

विराटचोकः निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाई निर्वाचन प्रचारप्रसारमा कुनै प्रकारको अवरोध नपुर्याउन चेतावनी दिएको छ । हालै विभिन्न राजनीतिक दल वा उम्मेद्वारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने घटनाको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार, कुनै पनि दल, उम्मेद्वार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, बैठक वा कार्यक्रममा विघटन वा बाधा पुर्याउन पाइँदैन । साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार निर्वाचन प्रचारप्रसार वा मतदान अधिकार प्रयोग गर्न रोक लगाउने कार्यमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने आयोगले जनाएको छ ।

आयोगले सबै राजनीतिक दल, उम्मेद्वार, भातृ सङ्गठन, तथा सरोकारवाला नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्न आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments