दमकः प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज चुनावी वाचापत्र सार्वजनिक गर्नुभएको छ ।
सो निर्वाचन क्षेत्रमा रहेका सुकुम्बासीहरूको बसोबास समस्या समाधानका लागि सय दिनमा आयोग बनाउने र हजार दिनमा समस्या समाधान गर्ने वाचा गरिएको छ ।
दमक क्षेत्रलाई आईटी हबको रूपमा स्थापित गर्नका लागि संरचना निर्माण गर्ने पनि घोषणा गरिएको छ । दमकको भ्यु टावर सञ्चालन गरिने पनि वाचापत्रमा उल्लेख छ ।
वाचापत्रमा पूर्वाधार, शिक्षा, कृषि तथा रोजगारी, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, महिला तथा बालबालिका, सुशासन, पर्यटन तथा उद्योग, कला एवम् संस्कृति र खेलकुद शीर्षकमा गरिने कामको वाचा उल्लेख गरिएको छ ।








