Monday, February 23, 2026
Homeसमाचारसिन्धुलीमा निर्माणाधीन फुड कम्पनीका कामदारबीच झडप, ५ जना चिनियाँसहित ७ जना घाइते

सिन्धुलीमा निर्माणाधीन फुड कम्पनीका कामदारबीच झडप, ५ जना चिनियाँसहित ७ जना घाइते

सिन्धुलीः सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कार्यरत कामदारबीच आपसी विवादको क्रममा झडप हुँदा ७ जना कामदार घाइते भएका छन् । जसमा ५ जना चिनियाँ कामदार छन् ।

आज बिहान मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच झडप भएको थियो । मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर शुरु भएको विवादले झडपको रूप लिएको हो ।

सो झडपमा नेपाली कामदार नवराज बम्जन र गोकर्ण कटुवाल घाइते भएका छन् । बम्जनको दाहिने आँखामा र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय कटुवालको टाउकोमा चोट लागेको छ ।

चिनियाँ नागरिकहरूमध्ये ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ भने ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा चोट लागेको छ । ४० वर्षीय छ्याङ छोङको छातीमा चोट लागेको छ । ४६ वर्षीय चुजेनको टाउको र मुखमा चोट लागेको छ भने ३१ वर्षीय लेउसेन्सीको टाउकोमा चोट लागेको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ ।

घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments