Monday, February 23, 2026
Homeअपराधघरभित्र सुतिरहेका अधिकारीमाथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा

घरभित्र सुतिरहेका अधिकारीमाथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा

विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ ।

घरमै सुतिरहेका बेला राति साढे १० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभएको छ ।

मुख, हात, टाउको, बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेका अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै अधिकारीलाई उद्धार गरेर उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

२ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका अधिकारी फागुन ५ गते नेपाल फर्किएका थिए । घटनामा उनकै श्रीमतीको संलग्नता हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी) लाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको र रन्जनाले सोधपुछका क्रममा आफैंले श्रीमानलाई खुर्पाले प्रहार गरेको बताएको प्रहरीले जनाएको छ ।

घटनामा अरु व्यक्तिको पनि संलग्नताको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको र घटनामा संलग्न सम्भावित अन्य व्यक्तिको खोजी एवं पहिचानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको जनाइएको छ । नियन्त्रणमा लिइएकी रञ्जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments