Monday, February 23, 2026
Homeसमाचारत्रिशुलीमा बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

त्रिशुलीमा बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

काठमाडौंः धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । २४ घाइते भएका छन् ।

प्रहरीका अनुसार राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको थियो ।

घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ । टोलीले १७ जनाको शव फेला पारेको थियो ।

सो घटनामा घाइते भएका २४ जनालाई उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

घटनास्थलबाट डुङ्गामा घाइतेलाई ओसारेर बगरमा निकालेर एम्बुलेन्समार्फत् अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करीब ३०० मिटर तल त्रिशुलीको किनारमा खसेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments