Sunday, February 22, 2026
Homeराजनीतिघनश्याम खतिवडाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

घनश्याम खतिवडाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

उर्लाबारीः नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार घनश्याम खतिवडाले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटीको कार्यालय उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत् उहाँले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै आफू क्षेत्रको भूगोल बुझेको, समस्या बारे जानकार रहेको र अनुभवी उम्मेद्वार रहेको बताउनुभयो ।

सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा तमोर चिसाङ डाइभर्सन परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा सम्पन्न गर्ने, साथै क्षेत्रका सिँचाइ कुलो, पैनी र नहरको निर्माण तथा स्तरोन्नति गर्ने उल्लेख छ ।

कृषि आधुनिकिकरण, पकेट क्षेत्र निर्धारण, कृषि जोन र सुपर जोन निर्माणलाई अघि बढाउने योजना पनि प्रस्तुत गरिएको छ ।

पालिका स्तरमा पर्यटन विकास गुरुयोजना तयार गरी प्राकृतिक, ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।

स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु तथा ठूला उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने तथा सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारसँग समन्वय गर्ने उल्लेख गरिएको छ ।

सो प्रतिबद्धतापत्रमा प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेलाई प्रदेशकै नमुना अस्पतालमा स्तरोन्नति गर्ने, युवाले सञ्चालन गरेका नवप्रवर्तन, उद्योग र व्यवसायलाई सहुलियत तथा सहुलियत कर्जा कार्यक्रममार्फत प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ ।

महिला उद्यमशीलता प्रवर्द्धन, बालमैत्री शिक्षा र बालपोषणमा विशेष ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

निर्माणाधीन तथा प्रस्तावित सडक योजनाहरू सम्पन्न गरी स्तरोन्नति गर्ने, सार्वजनिक जवाफदेहिता, पारदर्शिता, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ जस्ता सुशासनका औजार पूर्ण रूपमा कार्यान्वयन गर्ने तथा संघीय संसदमा दर्ता भएका शिक्षा विधेयकसहित जनहितका कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments