लेटाङः मोरङको लेटाङ नगरपालिकामा नेकपा एमाले पार्टी प्रतिको आकर्षण बढेको पाइएको छ । शुक्रबार मात्र लेटाङ १ आरुवोटे टोलमा नेपाली कांगे्रस लगायतका पार्टी परित्याग गरी १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका तत्कालीन भोगटेनी गाविस सचिव नगेन्द्र मगरसहित १० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडालागयतले खादा र टीका लागाएर पार्टीमा स्वागत गर्नुभयो ।
राष्ट्रियताको संरक्षण गर्दै देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएको ठहर गर्दै पार्टी प्रवेश गरेको नवप्रवेशी नगेन्द्र मगरले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाको वडा नम्बर १ नेकपा एमालेको राम्रो जनमत भएको वडा हो । यस वडामा स्थानीय तहको निर्वाचनमा २ पटक नै नेकपा एमालेका उम्मेद्वारले फराकिलो मतान्तरका साथ जीत हात पार्दै आएका छन् ।
सो वडाको राजारानी पोखरीको विकासका लागि घनश्याम खतिवडाको पहलमा ६ करोड रुपैयाँ बजेट विनियोजन गराएर काम सम्पन्न भएको छ । यस्तै घनश्याम खतिवडाकै पहलमा करौडौँको लागतमा यस वडामा विद्युतीकरणको काम समेत भएको थियो ।
केराबारीबाट लेटाङ– १ आरुबोटे हुँदै केराबारी– २ सिंहदेवी जाने सडकका लागि समेत बजेट व्यवस्थापन गरी ठेक्का लागे पनि काम हुन सकेको छैन ।







