Sunday, February 22, 2026
Homeराजनीतिकेराबारीका पहाडी गाउँहरुमा घनश्याम खतिवडा

केराबारीका पहाडी गाउँहरुमा घनश्याम खतिवडा

केराबारीः नेकपा एमालको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले केराबारी गाउँपालिकामा पर्ने मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला लगायत क्षेत्रमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै मत माग्नुभएको छ ।

आफ्नै पहलमा बिजुली बालेर उज्यालो बनाएका उत्तरी मोरङका यी गाउँमा पुगेका घनश्याम खतिवडालाई स्थानीयवासीले स्वागत सम्मान गर्दै मत दिएर जिताउने प्रतिबद्धता जनाएका छन् ।

घनश्याम खतिवडा सांसद हुनुभन्दा अघि मोरङका पहाडी गाउँका थोरै ठाउँहरुमा मात्र बिजुली पुगेको थियो । तर खतिवडा सांसद निर्वाचित भएपश्चात् खतिवडाको पहलमा मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला, भोगटेनी, वारांगी र रामितेखोला क्षेत्रमा करिव १ अर्ब रुपैयाँ बराबरको विद्युतीकरणको काम भएको थियो । जसलाई उत्तरी मोरङको इतिहासमा बिजुली क्रान्ति मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments