Saturday, February 21, 2026
Homeराजनीतिबैंक खाता खोल्ने काममा ढिलो नगर्न उम्मेद्वारहरुलाई निर्वाचन आयोगले गर्याे अनुरोध

बैंक खाता खोल्ने काममा ढिलो नगर्न उम्मेद्वारहरुलाई निर्वाचन आयोगले गर्याे अनुरोध

विराटचोकः निर्वाचन आयोगले बैंक खाता खोल्ने काम ढिलो नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई अनुरोध गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले खाता खोल्न बाँकी उम्मेद्वारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

सार्वजनिक बिदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुन सक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको र उम्मेद्वारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।

सोमबारसम्ममा धेरैजसो उम्मेद्वारहरुले खाता खोलिसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेद्वारहरुले बैक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments