Tuesday, February 17, 2026
Homeअपराधमाटो राखेको बियरको बोतल पाइयो भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तुभित्र

माटो राखेको बियरको बोतल पाइयो भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तुभित्र

भैरहवाः आज बिहान भैरहवामा भेटिएको शंकास्पद वस्तु डिस्पोजका क्रममा बियरको बोतलभित्र माटो भरेर राखेको पाइएको छ ।

आज नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा लुम्बिनी गेट नजिकै सो वस्तु फेला परेको थियो । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको प्रहरीले बताएको छ ।

फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै सो पार्टीले नेपाल बन्दको आह्वान गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments