Tuesday, February 17, 2026
Homeअपराधप्लास्टिक भेटियो हेटौँडाको चिसापानीमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्दा

प्लास्टिक भेटियो हेटौँडाको चिसापानीमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्दा

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्दा प्लास्टिक फेला परेको छ ।

आज बिहान सवा ५ बजे अस्थायी प्रहरी पोस्ट हटिया मकवानपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले चिसापानीस्थित हेटौंडा–धरान खण्डको बीच सडकमा सेतो कपडाले बेरिएको र बाहिर खतरा लेखिएको शंकास्पद वस्तु फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि डिस्पोजका लागि सेनाको टोली बोलाइएको थियो ।

बिहान सवा ८ बजे उक्त वस्तु डिस्पोज गर्दा कार्टुनमा प्लास्टिक मात्रै भेटिएको र सो वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments