Tuesday, February 17, 2026
Homeकला र साहित्यविष्णु वियोगीको ‘किरिच’ माथि विमर्श सम्पन्न

विष्णु वियोगीको ‘किरिच’ माथि विमर्श सम्पन्न

धरानः कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ माथिको धरानमा विमर्श भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, धरान नेपाली विभागको आयोजनामा उक्त विमर्श सम्पन्न भएको हो ।

सो कृतिमाथि प्रा.डा. भीम खतिवडा र डा. सुभाषचन्द्र न्यौपानेले विमर्श गर्नुभएको थियो । प्रा.डा. खतिवडाले पुस्तकको रचनागर्भका बारेका कुरा गर्दै निकै मिहिनेतका साथ यो कृति बाहिर आएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिभित्रका रचनाहरूले सिङ्गो समाजको प्रतिनिधित्व गरेको बताउनुभयो ।

विमर्शक न्यौपानेले ‘किरिच’ लाई प्रयोगवादी कृतिका रूपमा चर्चा गर्नुभयो ।
कार्यक्रममा निरोज आचार्य, प्रेसिका निरौला, नवराज पोखरेल ‘नवशिला’, दीपेन्द्रसिंह दर्नालले कृतिभित्रका रचना वाचन गर्नुभएको थियो ।

शिक्षण पेशामा संलग्न वियोगीले २०५३ सालमै तयार गरेको सो कृति २०८० सालमा मात्र प्रकाशनमा आएको हो ।
उपप्राध्यापक लक्ष्मीकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक राजेशकुमार यादवले गर्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्राज्ञ प्रा.डा.खेमराज खनाल, प्रा.डा गोपालप्रसाद भण्डारी, प्रा.डा. खेमनाथ दाहाल, प्रा.डा. भीम खतिवडा, प्रा.डा. सागरमणि सुवेदी, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशी पौडेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीलगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments