Tuesday, February 17, 2026
Homeशिक्षा र स्वास्थ्यनसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान

नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान

विराटनगरः कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान २०८२ को औपचारिक शुभारम्भ गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा स्वस्थ्यमन्त्री लिम्बूले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सबै नागरिकलाई आग्रह गर्नुभयो ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित शुरु गरिएको अभियानले समुदायस्तरमै सचेतना फैलाउने लक्ष्य लिएको छ । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको आयोजनामा शुरु गरिएको यो अभियानले आगामी दिनमा प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी सन्देश आम नागरिकसम्म पुर्याउने जनाइएको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments