विराटनगरः नेकपा एमाले मोरङ क्षेत्र नं–४ का उम्मेदवार जीवन घिमिरेले आफू जनताको सुखदुःखको सच्चा साथी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कटहरी गाउँपालिका–१ मा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विगतदेखि नै जनताको बीचमा रहेर काम गर्दै आएको स्मरण गर्नुभयो ।
‘जनताको हरेक आवश्यकतामा, हरेक दुःख–सुखमा म उपस्थित हुन्छु’, कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सेवा गर्नु मेरो कर्तव्य मात्र होइन, जिम्मेवारी पनि हो ।’
विगतमा आफूले गरेका कामहरू पूर्ण रूपमा जनहितमा केन्द्रित रहेकाले आगामी दिनमा पनि जनताले माया र भरोसा दिने उहाँको विश्वास थियो ।







