Sunday, February 15, 2026
Homeअपराधशिवरात्रीको दिन दुर्घटनामा परेको गाडीबाट ४२० किलो गाँजा बरामद

शिवरात्रीको दिन दुर्घटनामा परेको गाडीबाट ४२० किलो गाँजा बरामद

विराटनगर: आज बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।

बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो । भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।

प्रहरीका अनुसार गाँजा कसले कहाँ लगेको हो भन्ने खुल्न बाँकी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments