Sunday, February 15, 2026
Homeखेलकुदलगातार तीन हारपछि आईसीसी टी २० विश्कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरियो...

लगातार तीन हारपछि आईसीसी टी २० विश्कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरियो नेपाल

विराटचोकः लगातार तीन हारपछि आईसीसी टी–२० विश्वकप त्रिकेट २०२६ को समूह चरणबाटै नेपाल बाहिरिएको छ । नेपाल दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

उता, लगातार तीन जीतपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ । समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । दुई जीत र एक हारबाट इंग्लयाण्ड ४ अङ्कसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अब वेष्ट इन्डिज र इंग्लयाण्डले इटलीसँग खेल्न बाँकी छ । इटलीलाई हराएमा इंग्ल्याण्ड सुपर एटमा पुग्नेछ । इटलीका लागि भने सुपर एट पुग्न बाँकी दुवै खेल जित्नुपर्ने बाध्यता छ ।

लगातार तीन हारपछि नेपाल अङ्कविहीन हुँदै बाहिरिएको छ । यद्यपि मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालले प्रतिष्पर्धा गर्न भने बाँकी छ । सो खेल जिते पनि नेपाल समूह चरणबाटै बाहिरिने भएको हो । नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments