Friday, February 13, 2026
Homeराजनीतिनेपाली कम्युनिष्ट पार्टीले राजकुमार शर्मालाई पार्टीबाट निस्काशन गरी कर्णाली प्रदेश सभामा दियो...

नेपाली कम्युनिष्ट पार्टीले राजकुमार शर्मालाई पार्टीबाट निस्काशन गरी कर्णाली प्रदेश सभामा दियो जानकारी

सुर्खेतः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले शर्मालाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समितिलगायत दलको सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा दलको कार्यालय, वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको छ ।

प्रमुख सचेतक कृष्णबहादुर जीसीद्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत कार्य गरेको तथा पार्टीको विधान, २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान, २०८२ को प्रतिकूल गतिविधि गरेको उल्लेख गरिएको छ ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासन भएपछि उनी प्रदेशसभा सदस्यको रूपमा नरहने कानुनी व्यवस्था रहेको जनाउँदै आवश्यक कारबाही गर्न प्रदेशसभा सचिवालयसँग अनुरोध गरिएको छ ।

दफा ३४ को उपदफा (१) बमोजिम दल त्याग गरेको सूचना पनि दिइएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments