Friday, February 13, 2026
Homeकला र साहित्यहेमन्त शर्माले नचाए धरानवासी दर्शकलाई

हेमन्त शर्माले नचाए धरानवासी दर्शकलाई

धरानः सुनसरीको धरानमा लोकप्रिय गायक हेमन्त शर्माले दर्शकस्रोतालाई आफ्ना एक दर्जन गीत सुनाएर साङ्गीतिक आनन्द दिनुभएको छ ।

नझरेका फूलहरूको निमन्त्रणामा धरान आउनुभएका गायक शर्माले आफ्ना बहुचर्चित गीत सुनाउँदा धराने स्रोता छमछमी नाचेका थिए ।

साङ्गीतिक प्रस्तुतिका लागि पहिलो पटक धरान आउनुभएका शर्माले धरानमा प्रस्तुति दिन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिनुभएको छ । साङ्गीतिक प्रस्तुतिका लागि पटकपटक धरान आउने इच्छा हुँदाहुँदै पनि संयोग नमिलेको बताउँदै शर्माले नझरेका फूलहरूको आयोजनामा यस पटक धरान आएर गीत सुनाउन पाउँदा आफूलाई अत्यन्तै आनन्द आएको बताउनुभयो ।

कार्यक्रममा गायक कृष्णराजा श्रेष्ठ, दीपक दर्नाल, सङ्गीतकार रोशन शर्मा र कवि लक्ष्मीप्रसाद पराजुलीलेसमेत आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

धरान–९ स्थित रोटरी क्लबको हलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष एवम् धरान उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष्य रमेश राई रहनुभएको थियो । विशिष्ट अतिथिमा प्रा.डा.भीम खतिवडा, डा.अस्मिता बिष्ट र किरण टी. लिम्बू रहनुभएको थियो ।

नझरेका फूलहरूको नियमित शृङ्खलाअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूका संस्थापक केपी घिमिरेले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments