Monday, February 9, 2026
Homeअपराधसिरहा कारागार तनावग्रस्त

सिरहा कारागार तनावग्रस्त

लहानः गोली र नगदसहित नाइके पक्राउ परेपछि शुरु भएको विवादले सिरहा कारागारमा उग्र रुप लिएको छ । कारागारका नाइके ईन्द्रजीत यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको हो ।

नाइके पक्राउपछि आक्रोशित बनेका कैदीहरू छतमाथि चढेर थाली बजाउँदै ‘नाइके इन्द्रजिीतलाई फिर्ता गर’, ‘इन्द्रजीत दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको भए पनि कैदीहरूको होहल्ला जारी रहेको छ । कारागारभित्र र बाहिर करिब १ सय ५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षा टोली थपिँदै गएको छ ।

जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रशासनले जनाएको छ । साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन गर्दा कारागारका नाइके इन्द्रजीत यादवको कोठाबाट बन्दुक, गोली र नगद रकम फेला परेको थियो ।

प्रशासनका अनुसार नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments