गोठगाउँः कौडिन्य गोत्रीय आचार्य वंश प्रतिष्ठान सुन्दरहरैंचाको नवौँ साधारणसभा आज सम्पन्न भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा भएको साधारणसभामा आचार्य बन्धुहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य सीतादेवी अधिकारी प्रमुख अतिथि रहनुभएको साधारणसभामा जग्गादाता र ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।
साधारणसभामा जग्गादाता खुशीलाल चौधरी र सुशीला चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मापत्र प्रदान गरिएको थियो । त्यस्तै, धनीलाल आचार्यलाई सम्मानपत्र प्रदान गरेर र दोसल्ला ओढाएर ज्येष्ठ सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष रवीन्द्र आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव रमेश आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।







