Tuesday, December 24, 2024
Homeफिचरपार्टीका राम्रा कामको प्रचार हुन नसकेको माओवादी नेताको भनाइ

पार्टीका राम्रा कामको प्रचार हुन नसकेको माओवादी नेताको भनाइ

सुन्दरहरैंचाः नेकपा माओवादी केन्द्रले गरेका राम्रा कामहरुको प्रचार हुन नसकेकाले अपेक्षा गरेअनुसारको जनमत पार्टीले बनाउन नसकेको नेकपा माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

सुन्दरहरैंचाको वडा नम्बर ७ को दोस्रो अधिवेशन उद्घाटन सत्रमा बोल्ने अधिकांश अतिथिहरुले माओवादीले गरेका राम्रा कामको प्रचार हुन नसक्दा पार्टी पछि परेको बताए । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश कमिटी सहइन्चार्ज रचना राईले नेकपा माओवादी केन्द्रले गरेका राम्रा कामको प्रचार कार्यकर्ताले गर्न नसक्नु दुःखद भएको बताइन् ।

सुन्दरहरैंचा नगरपालिकाका इन्चार्ज नवराज चापागाईँले राजनीतिक परिवर्तन भए पनि हाम्रो संस्कार र संस्कृति परिवर्तन नहुँदा सोचेजस्तो प्रगति हुन नसकेको बताए ।

सह इन्चार्ज गीताप्रसाद श्रेष्ठले देशको प्रमुख दुस्मनको रुपमा रहेको भ्रष्टाचारको अन्त्य नगरेसम्म देशमा आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ थियो । भ्रष्टाचारको अन्त्य नभएसम्म विकास तीव्र गतिमा हुन नसक्ने उनले औँल्याए ।

प्रदेश कमिटी सदस्य सीता कडरियाले पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरु कमजोर भएको बताइन् । ‘हाम्रा कमिटीहरु किन संस्थागत छैनन्,’, उनले भनिन्, ‘चुनावमा बनेका कमिटी किन आजसम्म सक्रिय छैनन् ? चुनावमा बनेका कमिटीहरुलाई आज परिचालन गर्न खोज्दा किन पदाधिकारी खोजेर हिँड्नुपर्छ ? पार्टीको सदस्यता काटेका व्यक्तिलाई सदस्यता नवीकरण गर्नुपर्छ भनेर किन हात जोड्नुपर्छ ?’

नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा ७ को अध्यक्षमा पुनः मिलन लुइँटेल

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments